ऋषव पन्तलाई १२ लाख भारू जरीवाना


 


काठमाडौँ, चैत १९ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई भारतीय १२ लाख रुपैयाँ बराबर जरिवाना गरिएको छ ।

आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना गरिएको हो । पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन् ।

आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो । टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो ।

यो खेलपछि डिसीका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

आईपीएलको यस सिजनमा यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि स्लो ओभर रेटका कारण भारतीय १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्