आईपीएलमा आज बैंगलुरु र लखनउ भिड्दै


 


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुँदैछ ।

बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

बैंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो भने चेन्नई र कोलकोताविरुद्ध हार बेहोरेको थियो ।

त्यसैगरी लखनउले राजस्थान रोयल्सविरुद्ध हार बेहोरेको थियो भने पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्