एसएमएस फ्रेन्डशिप कप : नेपालले बरोडाविरुद्ध ब्याटिङ गर्दै


 


काठमाडौं, चैत २० । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलामा नेपालले आज टस हारेर ब्याटिङ गर्ने भएको छ ।

गुजरातको वापीमा भइरहेको दोस्रो खेलमा बरोडाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले पछिल्लो खेलमा खेलाईएको प्लेइङ ११ नै आज उतार्ने छ । सो खेलमा नेपालले गुजरात विरुद्ध ८ विकेटको सहज जित निकालेको थियो ।

नेपालका लागि ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द टोलीबाट बाहिर रहेका छन् ।

नेपाली टोलीमा आज रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन् ।

आज बेन्चमा ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव र आकाश चन्द रहेका छन् ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्