नेपालले बरोडालाई दियो १६७ रनको लक्ष्य


 


काठमाडौं, चैत २० । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखला अन्तर्गत को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बरोडाविरुद्ध मध्यम योगफल खडा गरेको छ ।

गुजरातको वापी स्थित खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र २ छक्का सहित ४० रनको सर्वाधिक इनिङ खेले । यस्तै अर्को तर्फ दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।

नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल टोलीले १४ रन बनाएको अवस्थामा ९ रन बनाएर तेस्रो ओभरमा पहिलो विकेटको रूपमा पेभेलियन फर्किएका थिए । आशिफ शेख पनि पाँचौं ओभरमा ९ रन नै बनाएर आउट भए । दुवै ओपनर बाबा खानको बलमा आउट भएका थिए ।

चौथो नम्बरमा कप्तान रोहित कुमार पौडेल १३ बलमा ३ चौका सहित १८ रन बनाएर आठौ ओभरमा रन आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाह २७ बलमा २५ रन बनाएर परीक्षित पतीडरको।बलमा क्याच आउट भए ।

नेपालले पाँचौं विकेट पनि छिटै गुमायो । अनिल आउट भएपछिको छैठौं बलमा गुलशन झा १४ बलमा १३ रन बनाएर मोहित मोङ्गियाको बलमा क्याच आउट नै भए । त्यसपछि सन्दिप जोरा र कुशल मल्ल मिलेर इनिङ सम्हालेका थिए । छैठौं विकेटका लागि दुई जना मिलेर ४८ रनको साझेदारी गरे ।

सन्दिप १८औं ओभरको पाँचौं बलमा १६ बल खेल्दै २ चौका र २ छक्का सहीत २९ रन बनाएर रन आउट भएपछि साझेदारी तोडिएको थियो ।

बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १(१ विकेट लिए ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्