आईपीएल क्रिकेट : लखनउसँग बेंगलुरु २८ रनले पराजित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लखनऊ सुपरसँग २८ रनले पराजित भएको हो । यो लखनउको दोस्रो जीत हो ।

११ सय ८२ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १९ ओभर ४ बलमा १ सय ५३ रन मात्र बनाउन सक्यो । बेंगलुरुका महिपाल लोम्रोरले सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे । लखनउका मयंक यादवले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन बनाए ।

बेंगलुरुको यो तेस्रो हार हो भने लखनउको तीन खेलमा दोस्रो जित हो । बेंगलुरु ४ खेलमा २ अङ्क सहित नवौं स्थानमा छ भने लखनउ ३ खेलमा ४ अङ्क सहित चौथो छ ।

आईपिएलमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्