फ्रेन्डसिप कप : आज गुजरातसँग खेल्दै नेपाल


 


काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले आज गुजरातसँग खेल्दैछ।

गुजरातको वापीस्थित साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।

जारी खेलमा नेपाल अपराजित छ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

नेपालले सिरिजमा लगातार दोस्रो जितसँगै चार अंक बनाएको छ । नेपालले अब शुक्रबार बरोडासँग खेल्नेछ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्