नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, पुस १९

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध के गर्ने भन्नेबारे छलफल हुनेछ । नेताहरुका अनुसार एमालेले अब सदनको अवरोध हटाउनेछ ।

संविधान संशोधन विधेयक टेबल नै गर्न नदिने भन्दै एमालेसहितका विपक्षी ९ दलले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । तर, संविधान संशोधन विधेयक असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिक आदेश दिन अस्वीकार गरेको छ, यसबारे छलफल गर्ने थलो संसद नै भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News