नेपालले गुजरातविरुद्ध टस जितेर ब्याटिङ गर्दै


 


काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ ।

पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेख टोलीमा फर्किएका छन् भने आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी र अविनाश बोहोरा छन् । आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशी बेन्चमा छन् ।

नेपाल र गुजरात बीचको फाइनल खेल दिनको १स्१५ बजे सुरु हुँदैछ । नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्