यस कारण विद्युत् प्राधिकारणका दुबै पक्षलाई सर्वोच्चले बोलायो


 


काठमाडौं, पुस १९

विद्युत प्राधिकरणका ३ सञ्चालकलाई बर्खास्त गर्ने उर्जा मन्त्रालयको निर्णय कार्यावन्यन नगर्न आदेश दिएको सर्वोच्च अदालतले आज दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले एक सातासम्म निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिंदै रिटमाथि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको हो ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय एक साताका लागि कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यसअघि मन्त्रालयले पुस ४ गते प्राधिकरण सञ्चालक समितिका सदस्यहरू लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाएको थियो । उनीहरूको बर्खास्तगीसँगै भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्