अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा


 


तेह्रथुम, पुस १९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन ।आज आगलागी भएको क्षेत्रको निरीक्षणपछि बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरे।

दाहालले विशेष राहत प्याकेज स्वरुप संक्रान्ति बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले संक्रान्ति बजारमा नै दमकलको व्यवस्था , खानेपानी आयोजना सञ्चालन गर्ने पनि बताए    ।

संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको चरणमा सरकार रहेकोले चाडै संसदको गतिरोध हट्न जरुरी रहेकोमा पनि जोड दिए । गत पौष १ गते दिउँसो लागेको आगोबाट ३२ घर र ५६ परिवारमा क्षति भएको छ । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्