एसिसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा


 


काठमाडौं, चैत २६ । यही चैत ३० देखि ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ ।

एसियाली क्रिकेट काउन्सिल ९एसिसी० ने प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

नेपाली टिममा भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका आकाश चन्दबाहेक सबै समावेश भएका छन् ।

नेपाली टिम स् रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

कपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्