पञ्जाबमाथि सनराईजर्स हैदरावादको रोमाञ्चक जित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोमाञ्चक जित हात पारेको छ ।

गएराति सम्पन्न खेलमा हैदरावाददले पञ्जाब किंग्सलाई २ रनले हराएको हो ।

हैदरावादले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्