राजस्थानमाथि गुजरातको रोचक जित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेल रोचक बनेको छ।

राजस्थान रोयल्सले ३ विकेटको क्षतिमा दिएको १९७ रनको चुनौती पछ्याएको गुजरात टाइटनले ७ विकेटको क्षतिमा अन्तिम बलमा १९९ रन बनाएर ३ विकेटको जित निकालेको हो।

गुजरातका लागि अन्तिम बलमा २ रन आवश्कय थियो। ब्याटिङमा रासिद खान थिए। उनले १० बलमा २० रन बनाइसकेका थिए।

अन्तिम बलमा चौका प्रहार गर्दै उनले १९९ रन बनाएर अपराजित राजस्थानलाई पाँचौं खेलमा पहिलो हार चखाएर गुजरातका लागि रोचक जित दर्ता गराएका हुन्।

पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ।

६ अंक जोडेको गुजरात तालिकाको छैठौं स्थानमा छ। टस जितेर गुजरातले राजस्थानलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातका लागि कप्तान सञ्जु स्यामसन र रियान परागले अर्धशतकीय इनिङ खेले।

कप्तान सञ्जुले नटआउट ३८ बलमा ६८ रन बनाए। परागले ४८ बलको सामना गर्दै सर्वाधिक ७६ रन जोडेका थिए। तीन विकेटको क्षतिमा राजस्थानले १९६ रन बनाएको थियो।

गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एकएक विकेट हात पारे। १९७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान सुभमन गिलले ४४ रनमा सर्वाधिक ७२ रन बनाए।

राजस्थानका लागि कुलदीप सेन ३, युजवेन्द्र चहल २ र आवेश खानले एक विकेट हात पारे। आईपिएल अन्तर्गत बिहीबार मुम्बई इन्डियन्स र आरसिबीको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्