एसीसी प्रिमियर कप आजबाट, मलेसियासँग भिड्दै नेपाल


 


काठमाडौं । एसीसी प्रिमियर कप आजदेखि ओमानमा सुरू हुँदैछ । शुक्रबरदेखि सुरू हुने एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल खेल्दैछ ।

पहिलो खेल नेपालले मलेसियासँग खेल्नेछ । खेल नेपाली समययानुसार दिउँसो सवा ४ बजे शुरू हुनेछ ।

नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ । नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् ।

समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन् ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्