ज्ञवालीले सरकारलाई स्पष्टीकरण दिदै


 


काठमाडौं, पुस २०

पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सरकारलाई पुनर्निमाणमा सुस्तता आउनुको कारण सहितको स्पष्टीकरण पत्र बुझाउदै छन । सरकारले एकसाता अघि पुनर्निमाणकाम प्रभावकारी हुन नसकेको भन्दै पाच बुदे स्पष्टीकरण सोधेको थियो । सरकारले सोधेको स्पष्टीकरणको जवाफ ज्ञवालीले आज मन्त्रीपरिषद् कार्यलयमा पत्र बुझाउन लागेका हुन ।

ज्ञवालीले सरकारी असहयोगका कारण पुननिर्माणको काम गर्न आफुलाई अप्ठ्यारो परेको र पछिल्लो समय काम प्रभावकारी हुन थालेको बिषय लाई समेटेर तयारी पारिएको स्पष्टीकरण पत्र आज अपरान्ह सम्ममा मन्त्रिपरिषद् कार्यलयमा बुझाउने तयारी पारेको बताईएको छ । ज्ञवालीको कामकार्वा्हिप्रति असन्तुष्ठ रहेको सरकारले  स्पष्टीकरण चित्त नबुझे हटाउने सम्मको तयारी गरेको छ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्