राजस्थान रोयल्ससँग पञ्जाब तीन विकेटले पराजित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ।

एक सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो ।

६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ। दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ। ४ अंकसहित पन्जाब आठौं स्थानमा छ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्