नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै


 


मस्कट, वैशाख ३ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ ।

टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।

नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपालको प्लेइङ(११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहोरा छन् ।

प्रतिश जिसी, अनिल शाह र विवेक यादव बेन्चमा छन् ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्