एसिसि प्रिमियर कप : पिचमा समस्या हुँदा टसमा ढिलाइ


 


काठमाडौं, वैशाख ५ । एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ ।

नेपाली समय अनुसार ११ः१५ बजे हुनुपर्ने टस पिचमा समस्या आएका कारण ढिलाई भएको हो । नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

हिजो भएको खेलमा कतारले साउदी अरब माथि जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको थियो ।

नेपाल रहेको समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ । नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ ।

क्रमशः तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २ अंकमा छन् । नेपालले आज केही खेलाडीलाई विश्राम दिने अनुमान छ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्