मनिताले एसियन जुडो च्याम्पियनसिप खेल्ने


 


काठमाडौं, वैशाख ५ । मनिता श्रेष्ठ प्रधानले हङकङमामा हुने एसियन जुडो च्याम्पियनसिपमा भाग लिने भएकी छन् ।

यही वैशाख ८ देखि ११ गतेसम्म हुने जुडो च्याम्पियन्सिपका लागि बुधबार मनितासहित जुडो टोलीलाई बिदाई गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले टोलीलाई विदाइ गरेको हो ।

मनिताका साथ टोलीमा प्रशिक्षक देवु थापा र खेल निर्देशक सुप्रसिद्ध ताम्राकार हङकङ जानेछन् ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्