कोलकाताका कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना


 


काठमाडौं, वैशाख ५ । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू जरिवाना लागेको छ ।

हिजो (मंगलबार) राति राजस्थान रोयल्ससँगको खेलमा श्रेयसलाई स्वलो ओभर रेट अर्थात बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि कारबाही गरिएको हो ।

जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १२ लाख भारु जरिवानामा परिसकेका छन् ।

कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्