नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने


 


काठमाडौं, वैशाख ५ । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको खेलाइने भएको छ ।

खेल निर्धारित समयमा हुन नसकेपछि ओभर घटाइएको हो । मध्याह्न ११: ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने भएपनि मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । साउदी अरब ३ खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्