नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै


 


काठमाडौं, वैशाख ५ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबविरुद्धको खेलमा टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् ।

नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा अघि बढिसकेको छ । साउदीलाई भने सेमिफाइनलमा पुग्न जित आवश्यक छ । अर्को खेलमा हङकङ र मलेसियाको नतिजाले पनि समीकरणमा प्रभाव पार्नेछ ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, अभिनाश बोहोरा र प्रतिश जिसी छन् ।

आज अनिल शाह, विवेक यादव र सोमपाल कामी बेन्चमा छन् ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्