साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य


 


काठमाडौं, वैशाख ५ । ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरबले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ ।

अल अमेरातमा पिच भिजेका कारण ढिलो सुरु भएको खेल ८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो ।

साउदी अरबका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंक पनि छुन सकेनन् । साउदीका काशिफ अब्बासको ८ रन दोस्रो ठूलो स्कोर रहन पुग्यो ।

नेपालका लागि करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै अविनाश बोहोराले पनि २ ओभरमा १५ रन खर्चेर २ विकेट नै लिए ।

ललित राजवंशीले २ ओभर गर्दै २१ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले १ ओभर बलिङ गर्दै १० रन दिएर १ विकेट हात पारे ।

जारी खेलमा साउदीले जित हासिल गर्न नसकेमा हंगकंग दोस्रो रहँदै सेमीफाइनलमा प्रवेश गर्नेछ । साउदीको ३ खेलमा २ अंक छ ।

साउदीको नेपाल विरुद्ध खेल जित्न सकेमा भने राम्रो रन रेटका आधारमा दोस्रो रहँदै सेमीफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्