अपराजित रहँदै नेपाल सेमिफाइनलमा प्रवेश


 


काठमाडौँ, वैशाख ५ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ ।

प्रतियोगितामा लगातार चौथो जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भएको छ ।

समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्