आईपीएल : गुजरातमाथि दिल्लीको सानदार जित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सानदार जित निकालेको छ ।

गएराति गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा ८.५ ओभरमै भेटाएको हो ।

टस हारेपछि सुरुमा ब्याटिङको निम्तो पाएको ‍‍गुजरातले १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।

अंक तालिकामा दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्