एेतिहासिक बिबिधताले भरिएको घोरेटार


 


रमेश थापा

भोजपुर जिल्ला एक बिबिधले पूर्ण भएको जिल्ला हो  । जिल्लाको लगभग ११ कोष दक्षिणमा रानिवास गाविस पर्दछ । यो गाविसमा विविध जातीका मानिसहरु बस्ने गर्दछन । किराँत राई, नेवार बह्रमण, क्षेत्री, तामांग, दलित आदि ।

रानीवास गाविसको घोरेटार बजारको बिच भागमा एक खाली ठाउँ छ । जहाँ हरेक हप्ता शनिवारको दिन बजार लाग्ने गर्दछ । यो बजारमा नरनाता साथीभाई पनि भेट गर्ने एक सजिलो बाटो हो  ।

किनकि यो बजारमा हरेक सामानहरु पाईन्छ । कसैले बेच्नलाई ल्याउछ्न आफ्नै घरमा उत्पादन गरेको सामानहरु । जो हरेक मानिसहरुghoretarको लागि आवश्यक भईरहेको हुन्छ।  यहि गाविसको उत्पादन भनेको मकै, कोदो, हिउदे धान, बर्खे धान, गहु, जहु,आलु फाफर्, उखु, स्याउ, नास्पति, लगायत अलैँची आदि प्राय सबै खालको खेतिबाली हुन्छ  ।

जस्ले गर्दा यो ठाउँ सबैको लागि प्यारो लग्छ । उत्तिकै प्रकृतिले दिएको हरियाली बन जंगल क्या आनन्द । यो घोरेटार हतुवागढी अलिक माथि अर्थात् अन्दाजि पाँच सय मिटरमा हतुवागढी भन्ने ठाउँ छ ।

जुन ठाउँमा महत्यवपूर्ण किराँत धार्मिक स्थल छ । जहाँ सयौ मानिसहरु हेर्नको लागि आउँछन यो ठाउँ हतुवा जंगलको नजिक र पर्छ । र अहिले त्यो ठाउँमा नेपाली सेनाको बेस क्याम्प छ । घोरेटार बजारबाट पूर्व तिर एउटा शुन्दर सानो गाउ छ । खैराङ यो गाउँमा सबै जातका मानिस हरु बस्ने गर्दछ ।

जस्तै राई, ब्रहमन्, छेत्री, आदी । यो शुन्दर गाउमा यो ठाउँको विशेषता किराँत राईहरूको पुजा गर्ने चण्डि डाँडा छ । प्रकृतिले दिएको बन जङगल साथै आफैले आफ्नो खेत बारिमा लगाएको बोट बिरुवाहरु प्रसस्त पाइन्छ ।

त्यस्ले गर्दा मानिसहरुलाई स्यस्थ्यको लागी फाइदा पुर्याई राखेको हुन्छ । अर्को घोरेटार नजिकैको सानो गाउ होम्ताङ त्यहाँको मानिसहरुले हरेक सामानहरू आफै उत्पादन गरेको सामानहरु बेच्नको लागी घोरेटार बजार ल्याउछन ।

बजार शनिवार लाग्छ । बजारमा रमाईलो हुन्छ । दिन भरी काम गर्दा गर्दै थाकेको बेला हप्ता दिनमा एक दिन बजार भर्नु पाउदा खुशी हुन्छन । सबै जना गाविसको एउटा नमुनाको रूपमा चिनिन्छ । यो भोजपुर जिल्ला को घोरेटार बजार जिल्लाको दक्षिण तिर पर्दछ । होम्ताङ  गाउँको धेरै मानिसहरु शिक्षित छन  ।

धेरै बिकासहरु पनि गरेको छन । जस्तै बिधालय भवन देखी लिएर सडक आदि गाउँ गाउँ पुगेको छ । घोरेटार बजार भन्दा केहि माथी सिद्राङ गा.बि.स छ.।  त्यहाँ संखम चुलि र सिङ्गास को भिर छ । धेरै धार्मिक विशेषता बोकेको सय बृक्ष रूख छ । सर्पको नक्साहरु देखनु पाइन्छ ।अर्को आश्चर्यजनक कुरा त्यो भिर मा ठुला ठूला गुफा र रूख मुनि पानी को बेग कराएको जस्तो आवोज आउने गर्छ ।

र सबै तिरको एेतिहासिक ठाउँको केन्द्र भनेकै घोरेटार बजार हो । पर्यटनको लागि यो क्षेत्रमा प्रचार प्रचार साथै मनोरम ठाउँ बनाउन सकेको खण्डमा हाम्रो आफ्नै गाउँको विकासमा धेरै टेवा पुग्ने थियो । यसको लागि अब हामी गाउँ बासिन्दा नै जुट्नु जरुरी छ ।

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्