Deshko News
८ आश्विन २०८०, सोमबार

यस्तो छ नेपाल र चीनको भारतलाई तर्साउने तयारी



काठमाडौं, पुस २१
चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ।

गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो।

स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ। तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ। यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन्।
‘अघिल्लो साता चिनियाँ सेनासँग इनिसिएल प्लानिङ कन्फ्रेन्स (प्रारम्भिक योजना बैठक)

काठमाडौंमा सम्पन्न भएको छ, अब अन्तिम योजना बैठक बसेर त्यसबारे टुंगो लाग्छ,’ सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठकमा प्रस्ताव राखिएको छ, दुवैतर्फका विषय प्रस्तुत भएका छन्।’ उनका अनुसार दुवै पक्षलाई मान्य हुने मिति, स्थान र अन्य प्रक्रियागत विषय अर्को बैठकबाट टुंगो लाग्नेछ। स्रोतका अनुसार सैन्य अभ्यासको नाम ‘प्रतिकार’ प्रस्तावित छ।

हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो। पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल र चीनबीच हुनगइरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर भारतीय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News