एक हजारमा नै एसएलसी पास !



काठमाडौं, पुस २१
विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ ।

विदेश पठाउँछु भन्दै ठगेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ऐनबहादुर थापा मगरलाई पक्राउ गरेपछि प्रहरी एसएलसीको नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसम्म पुग्न सफल भएको हो ।

सो गिरोहले एसएलसीको प्रमाणपत्र चाहिने भन्दै आउनेलाई १ हजार रुपैयाँ लिई सहजै बनाइदिने गरेको थियो । गिरोहले नक्कली प्रमाणपत्र बनाएर विदेश जाने सोझा कामदारका लागि एसएसली पास गरेको धेरै प्रमाणपत्र वितरण गरिसकेको प्रहरीको अनुमान छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News