नेपाली ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने


 


काठमाडौं, वैशाख ८ । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन् ।

क्यानका अनुसार मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि मे ५ सम्म प्रतियोगिता आयोजना गर्दैछ ।

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्