नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ गर्दै


 


काठमाडौं, वैशाख ८ । एसिसि प्रिमियर कप अन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् ।

नेपालले युएईविरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ–११ मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । खेल नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुँदै छ ।

हङकङ र नेपाल यस अघि यसै प्रतियोगितामा समूह चरणमा भिडेका थिए । सो खेल नेपालले ८ विकेटले जितेको थियो ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र ललित नारायण राजवंशी छन् । अनिल शाह, विवेक यादव र प्रतिश जिसी बेञ्चमा छन् ।

नेपालको एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेल जिते एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ ।

इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एशिया कप खेल्ने ईच्छामा युएई हिजो बाधक बनेको थियो ।

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्