कांग्रेस माओवादी र मोर्चाको संयुक्त बैठक बस्दै


 


काठमाडौं, पुस २१

मुलुकको पछिल्लो राजनितिक अवस्था र संविधान संशोधन विधेयक संसदमा टेबल गर्ने सम्बन्धमा छलफल गर्न सात्ता साझेदार दल कांग्रेस माओवादी र मधेशी मोर्चाको बैठक आज बस्दैछ ।संविधान संशोधनबारे सर्बोच्च अदालतले दिएको पछिल्लो आदेशपछि संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार कांग्रेससहित मधेशी मोर्चको बैठक बोलाएका हुन ।

बाुलवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्न ३ बजेपछि बस्ने बैठकमा संविधान संशोधन विधेयक, संसदको जारी गतिरोध तथा स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको मधेशी मोर्चाले प्रतिपक्षी एमालेको समेत समर्थनमा जुटाउन सत्तारुढ दललाई दवाव दिने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्