Deshko News
१४ आश्विन २०८०, आइतबार

दुई न्यायाधीशको सुनुवाई आजबाट हुदै



काठमाडौं, पुस २१

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सुनुवाई प्रक्रिया आज सुरु हुदैछ । त्यसका लागि आज संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ । आज बस्ने समितिको प्रारम्भिक बैठकमा उनीहरु बिरुद्ध उजुरी दिने समय तोकिने समिति सचिवालयले जनाएको छ ।

न्याय परिषद्को हालै बसेको बैठकले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्ले प्रस्तावित न्यायाधीशको सुनुवाई प्रक्रिया अगाडि बढाउन संसद सचिवालयलाई पत्रचार गरेपछि समितिको बैठक आजका लागि बोलाईएको हो ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News