संविधानको रक्षा गर्न आन्दोलनमा जानुपरेको गौतमको भनार्इ


 


काठमाडौं, पुस २१

प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको रक्षा गर्न आफनो पार्टी आन्दोलनमा जानुपरेको बताएका छन् । उपाध्यक्ष गौतमले जनता आफैंले बनाएको संविधानको रक्षा आफनै पार्टी नेतृत्वबाट मात्रै सम्भव रहेको दावी पनि गरे । शुक्रबार काठमाडौंमा आयोजना गरिने विरोध प्रर्दशन सभाका लागि तयार गरिएको पार्टीको स्वयम्सेवक दस्तालाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आवश्यक निर्देशन दिँदै उपाध्यक्ष गौतमले संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको पनि स्पष्ट पारे।

उनले अनेकौं षडयन्त्र चिर्दै आफनो पार्टी नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्न सबै पक्षलाई आह्वान पनि गरे। उपाध्यक्ष गौतमले संविधान कार्यान्वयन हुनै नदिने बाह्य षडयन्त्रलाई माओवादी नेतृत्वको सरकारले साथ दिएको भन्दै आक्रोश व्यक्त गरे । उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारलाई पुन दवाव पनि दिए।

सर्वोच्च अदालतले दिएको आदेश पनि संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने आशयका साथ आएको उल्लेख गर्दै उनले अब निर्वाचनमा केन्द्रित हुन ढिलाई गर्न नहुनेमा जोड दिए ।

 

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्