आईपीएल : लखनउसँग चेन्नई ६ विकेटले पराजित


 


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्ले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा एलएसजीले सीएसकेलाई ६ विकेटले हराएको हो ।

२११ रनको लक्ष्य पछ्याएको लखनउले मार्कुस स्टोइन्सको सानदार शतकको मद्दतमा ३ बल बाँकी रहँदै २१३ जोडेर जीत निकाल्यो ।

जारी आईपीएलमा चेन्नईको यो चोथो हार हो । हालसम्म ८ खेल खेलेको सीएसकेले चार खेल गुमाएको छ । चेन्नई यसअघि पनि लखनउसँगै पराजित भएको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्