ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति एमालेको आपत्ति


 


काठमाडौँ, पुस २१

नेकपा एमालेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । भोली हुने विरोधसभाबारे पार्टी कार्यालय धुम्बाराहीमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिइओ बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सरकारले गलत निर्णय गरेको टिप्पणी गरे ।

वर्तमान सरकारले पाँच महिनाको अवधिमा पुनर्निर्माणमा सिन्को पनि नभाँचेको भन्दै अध्यक्ष ओलीले प्राधिकरणलाई असहयोग गर्न अभियान चलाइएको आरोप लगाउनुभयो । पुनर्निर्माणको निर्देशक समितिको बैठकमा समेत गम्भीर ढंगमा छलफल नभएको तथा प्राधिकरणलाई आवश्यक बजेट तथा कर्मचारी नदिएको सरकारले प्राधिकरणले काम नगरेको बहानामा सिइओ हटाउनु अशोभनीय भएको ओलीको भनाई थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन उपयुक्त वातावरण तयार भएको भन्दै २४ गतेको बैठक अघिनै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न आग्रह गरे । जबर्जस्ती प्रस्ताव अघि बढाउन खोजे अवरोध जारी राख्ने बताए ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्