Deshko News
११ आश्विन २०८०, बिहिबार

समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा राप्रपाको जोड



काठमाडौं, पुस २२

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले पेस गरेको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढङ्गले अगाडि बढाउनेबारे बैठकका अधिकांश सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

राप्रपाको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । यस्तै बैठकमा संविधान संशोधन, तीन तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News