उच्च अदालतमा न्यायाधीश बन्न दौडधुप


 


काठमाडौं, पुस २३
लगातार बसेको न्याय परिषद् बैठकसँगै उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रधानन्यायाधीश तथा परिषद् अध्यक्ष सुशीला कार्कीसहित परिषदको शुक्रबार बसेको बैठक कुन समूहबाट कतिजना न्यायाधीश बनाउने भन्नेबारे मोटामोटी निश्कर्षमा पुगेको छ।

न्यायाधीश नियुक्तीको तयारी भइरहेका बेला दबाव र भनसुनका लागि न्यायापरिषद पदाधिकारीहरुको कार्यालय र घरमा आकांक्षीहरुको दौडधुप चलेको छ।

उच्च अदालतका लागि ८० जना न्यायाधीशको समूहगत कोटा निर्धारण भइसकेको छ ।

जिल्ला न्यायाधीशबाट ३७, कानून व्यवसायीबाट ३१, न्याय सेवाका उच्च अधिकृतबाट ६, सरकारी वकिलबाट ४ र कानून समूहबाट ३ जना न्यायाधीश सिफारिस गरिनेछ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्