दक्षिण कोरियाबाट भुकम्प पिडितलाई सहयोग


 


धनकुटा,  असार २

गत बैशाख १२ गतेको भुकम्पमा परि मृत्यु भएका पीडित परिवारलाई धनकुटा सेवा समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ । समाजले भुकम्पमा परी काठमाण्डौमा ज्यान गुमाएका ब्यक्तिका आफन्तलाई नगद सहयोग उपलब्ध गराएको हो ।

समाजका पदाधिकारी तथा धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई लगायतले धनकुटाको कुरुलेतेनुपा, आहाले, परेवादिन, धनकुटा नगरपालिकाका ७ जना मृतकका परिवारलाई १८ हजार ५ सयका दरले नगद वितरण गरेका हुन् ।

यस अघि गोरखाका भुकम्प पिडितलाई २ लाख १४ हजार तथा ताप्लेजुङका अग्नीे पिडित परिवारलाई ३५ हजार नगद सहयोग उपलब्ध गराएको समाजका कोषाध्यक्ष प्रदेश राईले बताए

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्