एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको महतको आरोप



डडेल्धुरा, पुस २३

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेकपा एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदीय मान्यतामा विश्वास राख्ने दल नेकपा एमालेले संसदलाई असफल बनाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

उनले संसद्मा पुगेको संविधान संशोधनको प्रस्तावमा छलफलमा सहभागी हुन एमालेलाई आग्रह गरे । संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु निर्वाचनमा जानुपर्ने भएकाले पनि संशोधन आवश्यक भएको उनको भनाई थियो । नेता महतले सस्तो लोकप्रियता कमाउने नाममा देशहितविपरितका काम गर्न नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News