संसदमा प्रस्तुत हुने रणनिति बनाउदै विपक्षी दल



काठमाडौं, पुस २४

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेपछि संसदमा प्रस्तुत हुने रणनिति तय गर्न एमाले लगायत विपक्षी नौ दलको बैठक आज बस्दैछ ।

सिंहरबारस्थित एमाले संसदीय दलको कार्यलयमा बस्ने नौ दलीय विपक्षी गठबन्धनको बैठकमा संशोधन विधेयक टेबुल हुन दिने वा नदिने भन्ने बारेमा छलफल हुने जनाइएको छ ।

संशोधन विधेयकमाथि सर्बोच्च अदालतले दिएको आदेशपछि संसदको गतिरोध खुलाउने सम्बन्धमा केही लचक देखिएको एमालेले पछिल्लो ६ दिनमा सहमतिका लागि सत्तारुढ दलले पहल नगरेको भन्दै थप कठोर हुने संकेत गरेको छ ।

यसअघि हिजो बसेको एमाले स्थायी कमिटी बैठकले संशोधन विधेयक कुनैपनि हालतमा अघि बढ्न नदिने निर्णय गरेको थियो । सरकारले जबरजस्ती विधेयक टेबल गर्न खोजे सशक्त प्रतिकार गर्ने एमालेले जनाएको छ ।

स्रोतका अनुसार आजको विपक्षी दलको संयुक्र बैठकले संसदको अवरोधलाई जारी राख्ने निर्णय गर्नेछ । यस्तै विपक्षी दलसँगको छलफलपछि एमालले मध्यान्न १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News