व्यवस्थापिका संसदको बैठक बस्दै


 


काठमाडौं, पुस २४

लामो समयको अवरोधको बाबजुद पनि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । गत पुस १९ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वोच्चको आदेश पछि प्रमुख दलका नेताहरुले सहमति जुटाउन समय मागे पछि आज बस्नेगरि बैठक स्थगित भएको थियो ।

तर पाँच दिनको समयावधिमा गतिरोध खुलाउने सम्बन्धमा प्रमुख दलका नेताहरुसँग सरकारले कुनै औपचारिक छलफल भने गरेको छैन । आजको संसद बैठकमा सरकारले संविधान संशोधन विधेय टेवुल गर्ने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संशोधन विधेयक फिर्ता नलिए आजको संसद बैैठक पनि अवरोध गर्ने जनाएको छ ।

यस अघि सत्तारुढ दलले आजको संसद बैठक सुरु हुनु अघि नै प्रमुख प्रतिपक्षी एमालेसँग गतिरोध हटाउन सहमतिको प्रयास स्वरुप छलफल गर्ने बताइएको छ । गत मंसिर १६ गतेदेखि एमाले सहित ९ दलले संबिधान संसोधन प्रस्तावको बिरोध गदै संसद बैठक अवरोध गर्दा संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक र निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध परेको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्