संसद बैठक स्थगित, अर्को बैठक आजै ३ बजे बस्ने


 


काठमाडौं, पुस २४

पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारीत गर्दै व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद पोखरेलमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा यही पुस १८ गते निधन भएको हो । संसद्को अर्को बैठक आजै अपरान्ह ३ बजेका लागी बोलाईएके छ । तर बैठकको कार्यसुची भने तय नभएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्