पाँच सांसद खरिद बिक्रीको खतरा बढ्याे



काठमाडाैं, पुस २५

सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ। सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् ।

यद्यपि सत्तारुढ भनिए पनि राप्रपाले असन्तुष्टि पोख्दै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ दलसँग दुई सय एक जना सांसद छन्।

संसदमा टेबुल गराइएको विधेयक पास गराउनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ। विधेयक पारित गराउनका लागि संसदमा हाल कायम रहेकाम ५ सय ९४ मध्ये दुई तिहाइ बहुमत पुर्‍याउन ३ सय ९८ मतको आवश्यकता पर्छ। आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

दुई तिहाइ पुर्‍याउन सरकारलाई ५ मतको खाँचो रहेको छ। सरकार पाँच जना सांसद पुर्‍याउने गृहकार्यमा लागेको छ। तर यसो गर्दा इतिहासमा प्रयोग गरिएको सांसद खरिद बिक्रीको खतरा उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News