संशोधन विधेयकमाथि छलफल अघि बढ्ने


 


काठमाडौं, पुस २५

व्यस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले हिजो सदनमा प्रस्तुत गरेको संविधान संसशोधन विधेयकमाथिको छलफल अघि बढाउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको करिब एक महिनापछि सदनमा हिजो प्रस्तुत गरिएको हो ।

यद्यपी सरकारले आफूहरुलाई ढाँटेर विधेयक सदनमा टेबल गरेको भन्दै छलफललाई अघि बढ्न नदिने प्रतिपक्षी दलको चेतावनी छ । यता सत्तारुढ दल भने कुनैपनि हालतमा संशोधन विधेयकलाई पारित गराएर छाड्ने रणनितिमा रहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्