यूपीमा भाजपालाई झट्का, चलेन राममन्दिरको कार्ड


 


नयाँदिल्ली । भारतमा लोकसभा निर्वाचनको मतपरिणाम आउनेक्रम सुरु हुँदा यूपीमा भाजपालाई ठूलो झट्का लागेको छ ।

उत्तर प्रदेशमा राम मन्दिर र योगी फ्याक्टरले भारतीय जनता पार्टी (बीजेपी)को वचश्र्व जोगाउन सकेन ।

अहिलेसम्म यूपीका ८० सिटमध्ये ३६ सिटमा समाजवादी पार्टी अगाडि छ भने ३३ सिटमा बीजेपी अगाडि छ । कंग्रेसले ७ सिटमा अग्रता लिएको छ । राष्ट्रिय लोक दल २ सिटमा अगाडि छ ।

उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर निर्माणलाई मोदीले यस पटकको निर्वाचनमा कार्डको रूपमा चलाएका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्