Deshko News
११ आश्विन २०८०, बिहिबार

बाटोमै हराउँछ दुर्गमको औषधि!



काठमाडौं, पुस २८
सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै हराउने गरेको पाइएको छ ।

औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा चर्को मूल्य तिर्न बाध्य छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका गाउँमा पुर्याउन समस्या भएको मुगु, खत्याडका रतनबहादुर शाही बताउँछन् । उनी भन्छन् – ‘गाउँमा जहिल्यै औषधिको चरम अभाव हुन्छ सरकारले उपलब्ध गराएको निशुल्क औषधि त्यहाँ बिरलै पुग्ने गर्छ ।’
जिल्लाको सोरुकोट, नाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदरमुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग्ने समस्या देखिएको समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News