प्रेमसिंह तामाङले लगातार दोस्रो कार्यकालका लागि सिक्किमको मुख्यमन्त्रीका रुपमा चयन


 



सिक्किम । सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेम सिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको छ ।

पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह तामाङ र उहाँको मन्त्रिपरिषद्लाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सिक्किम क्रान्तिकारी मोर्चा ९एसकेएम० ले ३२ सिटमध्ये ३१ सिट जितेको छ । यसरी हिमालयन राज्यको विधानसभा चुनावमा विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट ९एसडीएफ० एक मात्र सीटमा सीमित भएको छ ।

तामाङले पार्टीको विजयलाई ‘रेकर्ड’ को रूपमा वर्णन गर्नुभयो । पाँच वर्षमा हामीले निर्वाचनका बेला गरेका सबै घोषणाहरू पूरा गर्ने उहाँले बताउनुभयो । तामाङले रेनोक विधानसभा सिटबाट एसडीएफका सोमनाथ पौड्याललाई सात हजार ३९६ मतले पराजित गर्दै विजयी हुनुभएको थियो ।

सिक्किमको ३२ विधानसभा सीटका लागि लोकसभा चुनावसँगै पहिलो चरणमा १९ अप्रिलमा मतदान भएको थियो ।

एसकेएमले सन् २०१९ मा विधानसभा चुनाव अघि बीजेपी नेतृत्वको एनडीएसँग हात मिलायो तर अन्ततः सम्बन्ध तोड्यो र सन् २०१९ विधानसभा चुनाव एक्लै लडेको थियोे ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्