संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइ छाड्छौँ – गौतम


 


काठमाण्डौ, माघ ४

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइछाड्ने बताएका छन् । सकेसम्म विधेयकलाई अघि बढ्नै नदिने र बढिहालेमा पनि त्यसलाई असफल बनाउने उनको जिकिर छ। अनेरास्ववियुले सुरु गरेको ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि’ नामक तीनमहिने अभियानको मंगलबार दरबार हाइस्कूलमा उद्घाटन गर्दै उपाध्यक्ष गौतमले आफूहरुलाई सरकारमा आउनुस् भनेर फकाउन थालिएको खुलासासमेत गरे।

‘सत्तारुढ दलहरुले हामीलाई सरकारमा आउनुस्, मिलेर जाऔँ, तर प्रस्तावचाहिँ अघि बढ्न दिनुपर्छ भनेर फकाउन थालेका छन्,’ गौतमले भने- ‘हामी यसलाई च्याँखे थापेर सरकारमा जाने पक्षमा छैनौँ।’ सरकारभन्दा पनि चुनाव आफूहरुको प्राथमिकतामा रहेको उनको भनाइ छ। सबै मिले पनि चुनाव जित्छौँ     गौतमले आगामी चुनावमा अरु सबै दल मिले पनि एमालेले जित्ने जिकिर गरे। अरु सबैदल एकातिर र एमाले अर्कोतिर भएपनि एमाले विजयी हुने उनको दावी छ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्