न्यायाधीश नियुक्तिमा कारण देखाऊ आदेश



काठमाडौँ, माघ ६

सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर नियुक्तिको कारण देखाउ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।

मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ । बुधबार अधिवक्ताद्वय तोयनाथ ढुङ्गाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गराउनुभएको थियो । परिषद्को गत पुस २८ गतेको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News