पूर्वराष्ट्रपति अस्पताल भर्ना



काठमाडौँ, माघ ७

पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहिबार भर्ना हुनुभएको छ ।

नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको छ ।

उहाँको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News